काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ३५ हजार १ सय ३९ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड १४ लाख ७५ हजार ४ सय ८० जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६५ लाख १ हजार ६ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५८ हजार ५ सय जनाको अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण २ हजार २ सय ७८ जनाको ज्यान गएको र १ लाख ३ हजार २ सय ७८ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार ४ सय १८ पुगेको छ । बितेको २४ घण्टामा २३ हजार ४ सय १८ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ लाख ५९ हजार १ सय ८८ पुगेको छ । हालसम्म १२ लाख ६१ हजार ४ सय २० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार १२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ६४ हजार ३ सय ८३ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १ हजार ४ सय ६१ जनामा कोरोना संक्रमण देखिएको र १८ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १५ लाख ७९ हजार ८ सय ३७ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ९ लाख ७८ हजार ६ सय १५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा २३ हजार १ सय ६५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ६९ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १९ हजार ६ सय ९९ जनाको ज्यान गएको र ४ लाख २४ हजार ८ सय ८५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ४ सय २० जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तै रसियामा हालसम्म ६ लाख ८१ हजार २ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ६ हजार ७ सय ३७ जनामा कोरोना संक्रमण देखिएको र १ सय ३४ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा १० हजार १ सय ६१ जनाको ज्यान गएको र संक्रमितमध्ये ४ लाख ५० हजार ७ सय ५० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ४ सय १२ पुगेको छ । हालसम्म २ लाख ९९ हजार ८० जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ८९ हजार ६ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने बितेको २४ घण्टामा पेरुमा कोरोना संक्रमणको असर देखिएको छैन् ।
त्यस्तै स्पेनमा बितेको २४ घण्टामा कोरोनाको कुनै असर देखिएको छैन् । स्पेनमा हालसम्म संख्या २ लाख ९७ हजार ६ सय २५ पुगेको छ । हालसम्म २८ हजार ३ सय ८५ जनाको कोरोनाको कारण ज्यान गएको भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४४ हजार २ सय २० पुगेको छ । बितेको २४ घण्टामा बेलायतमा ५ सय १६ जनामा कोरोना संक्रमण देखिएको र २२ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८५ हजार ४ सय १६ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २ सय ३१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ८ सय ६१ पुगेको छ । बितेको २४ घण्टामा १ सय ९२ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ४१ हजार ६ सय ११ पुगेको छ । हालसम्म १ लाख ९२ हजार १ सय ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये ७४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया