अमेरिकामा यस्तो छ कोरोना महामारीको पछिल्लो अवस्था

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ३५ हजार १ सय ८ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड १४ लाख ७५ हजार १७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६४ लाख ९१ हजार ८ सय ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५८ हजार ५ सय जनाको अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण २ हजार २ सय ४७ जनाको ज्यान गएको र १ लाख २ हजार ८ सय १५ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार ४ सय १८ पुगेको छ ।

बितेको २४ घण्टामा २३ हजार ४ सय १८ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ लाख ५९ हजार १ सय ८८ पुगेको छ । हालसम्म १२ लाख ६१ हजार ४ सय २० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार १२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?