काठमाडौं । बैंकिङ्ग मुद्धामा फरार २ प्रतिवादीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजमान सुनार र विश्वमर्दन सुनार रहेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सीआईवी )महाराजगञ्ज काठमाडौंले आइतवार सुनारलाई काठमाडौं तारकेश्वर र बस्नेतलाई काठमाडौंको धर्मस्थलीबाट पक्राउ गरेको हो ।
दिपकुमार विश्वकर्माले दिएको जाहेरीको आधारमा उच्च अदालत पाटनले २०७६ चैत गते गरेको फैसला अनुसार सुनारलाई ५ दिन कैद र १४ लाख ६९ हजार ६ सय ४० रुपैयाँ जरिवाना समेत तोकेको छ ।
त्यस्तै बस्नेतलाई वीर बहादुर गोलेले दिएको जाहेरीको आधारमा गत चैत १८ गते अदालतले गरेको फैसला अनुसार ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
अदालतले उक्त फैसला सुनाएपनि उनीहरु लुकिछिपि रहेका थिए । आज पक्राउ परेसँगै काठमाडौैं जिल्ला अदालतमा उक्त विवरण पेश गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया