नुवाकोट । नुवाकोटमा बितेको २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
नेपालमा बितेको २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यससँगै कुल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । हालसम्म ६ हजार ५ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् जसमध्ये बितेको २४ घण्टामा मात्र थप १३२ जना कोरोना मुक्त भएका हुन् ।
त्यस्तै नेपालमा कोरोनाको कारण ३४ जनाको मृत्यु भएको छ । शनिवार (हिजो) मात्र २ जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया