काठमाडौं – बैतडी, प्यूठान र झापामा तीनजना मृत अवस्थामा भेटिएका छन् ।
बैतडी, पुर्चौडी नगरपालिका–७ गिर्जा बगरमा जामडी खोलाले बगाई ल्याएको अवस्थामा नाम, थर, नखुलेकी करिब ३० वर्षीया महिला बिहान मृत फेला परेकी छन् ।
उता प्यूठान, सरूमारानी गाउँपालिका–१ कालीवनस्थित राप्ती नदीको किनारमा रोल्पा सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँ बस्ने २२ वर्षीया सरिता नेपाली मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै झापा, बिर्तामोड नगरपालिका–३ बिर्ताबजार घर भई हाल अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित डेरा गरी बस्दै मिस्त्री काम गर्ने ३० वर्षीय छत्र राजबंशी सुतेकै स्थानमा मृत अवस्थामा फेला परेका छन् ।
घटनाबारे जिल्लास्थित प्रहरी कार्यालयले अनुसन्धान भईरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया