काठमाडौं । सोमवार बिहान बस्ने गरी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ ।
आइतवार मध्यान्ह प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल शुरु भएको थियो । उनीहरुले आ-आफ्ना पक्षबाट दुई दुई जना साक्षी राखेका थिए ।
उक्त बैठकमा प्रधानमन्त्री ओलीका तर्फबाट नेकपाका महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए। भने प्रचण्डको तर्फबाट ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका थिए।
ओली र प्रचण्ड भोली बस्ने निष्कर्शसहित दुई अध्यक्ष उठेपनि अन्य ४ नेता भने बालुवाटारमा नै रहेको स्रोतले जनाएको छ ।
बैठकमा के विषयमा छलफल भयो भन्ने विषय खुलाइएको छैन् ।
आज बैठक बस्नुअघि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपति भेटेका थिए ।
नेकपाको स्थायी कमिटि बैठक सोमवार बिहान ११ बजेको लागि बोलाइएको छ । बैठक बस्नु अघि दुइ अध्यक्षले भेट्ने स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया