काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता हुन लागेको छ।
ओलीसँगको वार्ता अघि प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेटेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर समसामयिक राजनितिक घटनाक्रमबारे छलफल गर्न उनी शीतल निवास गएका थिए ।
हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र राष्ट्रपतिविरुद्ध कदम चालिएको भन्दै मन्त्रीहरुलाई ‘कता लाग्ने हो ? तयारी गर्नु पार्टी एक नहुन सक्छ ‘ भनेका कारण आजको भेटलाई निर्णायक मानिएको छ ।
पार्टीभित्रै आन्तरीक कलह र किचलो चुलिएपछि हुन लागेको यो वार्ताले के निष्कर्ष निकाल्ला भनेर धेरैमा चासो थपिएको हो । आजको भेटघाटलाई ‘अन्तिम अस्त्रको’ रुपमा हेरिएको छ ।
सोमबार स्थायी कमिटी बैठक बस्न लागेकाले पनि दुई अध्यक्षबीचको भेटर्वार्तालाई महत्वका साथ हेरिएको छ ।
प्राप्त जानकारी अनुसार स्थायी कमिटीका सदस्यहरुले दुई अध्यक्षबीच सहमतिको अधिकतम प्रयास हुन लागेको र पार्टी एकता गर्न सुझाएको जानकारी दिएका छन् ।
यसअघि छुट्टाछुट्टै अभिव्यक्ति दिएका र गुटगत बैठक गरेका प्रचण्ड र ओलीको आजको भेटलाई निर्णायक मानिएको छ ।
नेताहरुले भनेका छन् यो अन्तिम अस्त्र हुनसक्छ । ओलीले प्रधानमन्त्री पनि दुवै पद नत्याग्ने अडान लिँदै आएका छन् भने प्रचण्ड र स्थायी कमिटीका अधिकांशले दुईमध्ये एउटा छोड्न भनेका छन् ।
स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको छ ।
दुई अध्यक्षबीच अधिकतम सहमतिको प्रयास गर्ने भन्दै दुई दिनका लागि स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । file : photo
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया