कोरोनाको प्रकोप : ब्राजिलको अवस्था डरलाग्दो, एकैदिन हजार बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ५ लाख ३३ हजार ४४९ जनाको मृत्यु भएको छ भने १ करोड १३ लाख ८० हजार ६३३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६४ लाख ३९ हजार ६६६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ५३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भामइरसको महामारीका कारण ब्राजिलमा अहिलेसम्म ६४ हजार ३६५ जनाको मृत्यु भएको छ भने १५ लाख ७८ हजार ३७६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९ लाख ७८ हजार ६१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा शनिवार मात्रै ३५ हजार ३५ जना संक्रमित फेला परेका छन् भने १ हजार १११ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?