काठमाडौं । कोरोना भाइरसको महामारी जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ५ लाख ३३ हजार ४४९ जनाको मृत्यु भएको छ भने १ करोड १३ लाख ८० हजार ६३३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६४ लाख ३९ हजार ६६६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ५३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसका कारण अत्याधिक प्रभावित देश अमेरिकामा अहिलेसम्म १ लाख ३२ हजार ३१८ जनाको मृत्यु भईसकेको छ भने २९ लाख ३५ हजार ७७० जनालाई संक्रमण भएको छ ।
त्यस्तै १२ लाख ६० हजार ४०५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार १७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा ३२ हजार २१५ जनाको मृत्यु भईसकेको छ भने ४ लाख २१ हजार ६३७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा ६ हजार ३३१ जनाको मृत्यु भएको छ भने २ लाख ५५ हजार ९७० जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा २ हजार ६४८ जनाको मृत्यु भएको छ भने १ लाख ९५ हजार ७६९ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा शनिवार ४५ हजार १८२ जना संक्रमित थपिएका छन् भने २५४ जनाको मृत्यु भएको छ । शनिवार मृत्यु भएकाको यो संख्या अमेरिकामा मार्च २३ यताकै सबैभन्दा कम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया