के उत्तर कोरिया र दक्षिण कोरियाको दुश्मनी सकिएको हो?

सन् २०१७ जाँदाजाँदै कोरियाली प्रायद्वीपमा ठूलो परिवर्तन भयो । परमाणु कार्यक्रमलाई लिएर आफ्नो अडानमा उत्तर कोरियाका नेता किम जोङ उङ ले केही नरमता देखाएका छन् । उनले आफ्ना छिमेकी देशसँग सम्बन्ध सुधार गर्ने संकेत दिएका छन् उत्तर कोरियाले दक्षिण कोरिायामा भएको शीतकालीन ओलम्पिकमा आफ्नो टिम पठाउने निर्णय ग-यो । यति मात्र होइन, यी दुई देश अझै एक कदम अघि देखिने संकेत पनि देखिएको छ । उद्घाटन समारोहका दौरानमा दुवै देशका टिमले एकै झण्डाले मार्च गर्ने भएका छन् किम जोङ उङले ओलम्पिक उद्घाटनका लागि आफ्नी बैनीलाई प्योंगचांग पठाए । र फर्किने बेला उनले जे रिपोर्ट दिइन्, त्यो रिपोर्ट किम जोङलाई मन पनि प–यो उद्घाटन समारोहमा जब उत्तर र दक्षिण कोरियाको टिम एकै झण्डाले मार्च गरिरहेका थिए, त्यो पूरै विश्वका लागि यो ठूलो सन्देश थियो । झण्डाको तलपट्टि एकीकृत कोरिया देखाइएको थियो दुई देशका बितेको समय र साझा इतिहासलाई स्मरण गर्दै उत्तर कोरियाले शीर्ष नेता बोले । साथै दक्षिण कोरियाका राष्ट्रपति मून जे इन र किम जोङ उङकी बहिनी पनि एक साथ बसेका थिए उत्तर र दक्षिण कोरिया खेलको बहानामा नजिक हुन खोजेको विषय विश्वमा नै चर्चाको विषय बन्यो । तर उत्तर र दक्षिण कोरियाको यो नयाँ सम्बन्ध दक्षिण कोरियामा भएका सबैलाई खुशी भने लागेको छैन अर्कोतिर उत्तर कोरिया र दक्षिण कोरियाबीचलाई लिएर ट्रम्प प्रशासन असहज महसुस गरिरहेको छ । किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर कोरिया आउने आमन्त्रण पनि दिएका छन् । हुन सक्छ, राष्ट्रपनि मून जाने पनि छन् मूनले के पनि चाहन्छन् भने उत्तर कोरिया अमेरिकासँग वार्ताका लागि तयार बनोस् । जे होस्, पछिल्ला घटनाक्रम हेर्दा के देखिएको छ भने यी दुई देश आपसमा मिल्न चाहन्छन् । लामो समयदेखि आपसी द्वन्द्वले गर्दा उत्तर कोरिया र दक्षिण कोरियाबीच तनावको स्थिति हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?