हल्कादेखि मध्यम वर्षाको सम्भावना, जोखिमबारे सचेत गराउँदै महाशाखाको यस्तो आग्रह

काठमाडौं । शनिबार देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर शुक्रबारदेखि मनसुन थप सक्रिय भएको अबको केही दिन मनसुनी गतिविधि बढ्ने जनाएको छ ।

मनसुन सक्रिय भएसँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल /पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो देशका सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३३ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?