बाघको छाला र हड्डीसहित एक जना पक्राउ

नेपालगञ्ज । बाँकेमा बाघको छाला र हड्डीसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश नं ५ को प्रहरी ब्युरो टोलीले राप्तीसोनारी गाउँपालिका-१ का नवराज घर्तीलाई बाघको छाला एक थान र हड्डी ११ किलोसहित पक्राउ गरेको हो ।

यसैबीच बाँके प्रहरीले जाँचका क्रममा २५ वर्षीय भारतीय मुमताजअहमद सिद्धिकीबाट २४ ग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?