काठमाडौं । कोरोना संक्रमणको कारण मृत्यु भएका गोरखाका ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् ।
पालुङटार नगरपालिका–७ घर भएका ती व्यक्ति गोरखा अस्पतालको आइसोलेसनमा उपचारउपचारको क्रममा शनिबार बिहान ५ बजे मृत्यु भएको थियो ।
उनको शव गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ को सीमामा पर्ने लुदी खोला दोभानमा व्यवस्थापन गर्न लागिएको थियो । त्यसलगत्तै स्थानीयहरुले त्यसको विरोध गरी अवरोध गरेका थिए ।
स्थानीयले उक्त घटना गोरखा नगरपालिका भित्रको घटना भएकोले नगरभित्रै व्यवस्थापन गर्न आग्रह गर्दै स्थानीयले अवरोध गरेका हुन् ।
प्रहरी निरीक्षकको कमाण्डमा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको उक्त घटनामा धेरै संख्यामा स्थानीय भेला भएर विरोध जनाएका थिए ।
गोरखा पालुङटार ७ स्थायी घर भएका ती व्यक्ति कतारबाट फर्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया