काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाको थप जोखिम बढेको छ । एक अध्ययनअनुसार काठमाडौ उपत्यका भित्रका ढलमा कोरोनाभाइरस संक्रमण देखिएसँथै थप जोखिम बढेको हो ।
उपत्यकाका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोरोना भाइरस फेला परेको सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले जनाएको छ।

सो संस्थाले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।
उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताए ।
‘नेपालमा पनि संक्रमणको दर बढ्दै जाँदा हामीले ढलको स्याम्पल ल्याएर अनुसन्धान गर्यौं, जसबाट चार ठाउँमध्ये दुई ठाउँमा कोभिड १९ को भाइरस रहेको फेला पार्यौं,’ उनले बताए ।
यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको देखिएको कर्मचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया