काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महमारीका कारण ५ लाख २९ हजार १२७ जनालाई संक्रमण भएको छ भने १ हरोड ११ लाख ९१ हजार ६८१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६३ लाख ३० हजार ६७१ जना स्वास्थ्योपचार पछि कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ८३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख ३२ हजार १०१ जनाको मृत्यु भईसकेको छ भने २८ लाख ९० हजार ५८८ जनालाई संक्रमण भएको छ । त्यस्तै १२ लाख ३५ हजार ४८८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १५ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३२ हजार १९१ जनाको मृत्यु भएको छ भने ४ लाख २० हजार ७७४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोनिर्यामा अहिलेसम्म ६ हजार ३१४ जनाको मृत्यु भएको छ भने २ लाख ५२ हजार २५२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्यूजर्सीमा १५ हजार २७० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ४५५ जनालाई संक्रमण भएको छ । अमेरिकामा शुक्रवार ५४ हजार ९०४ जनालाई संक्रमण भएको छ भने ६१६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया