काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख २६ हजार ४ सय ८ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड १० लाख ८५ हजार ३ सय ५० जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६२ लाख १० हजार ९ सय ८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ९ सय ४० जनाको अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण ३ हजार १ सय ६६ जनाको ज्यान गएको र १ लाख १२ हजार ४ सय ३४ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ७ सय ७९ पुगेको छ । बितेको २४ घण्टामा २४ हजार ४ सय ६८ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ६० हजार १ सय ५२ पुगेको छ । हालसम्म ११ लाख ९६ हजार ८ सय ९४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ९ सय ७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ६२ हजार ३ सय ४ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ७ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको र ३ सय १४ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १५ लाख ८ हजार ९ सय ९१ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ९ लाख १६ हजार १ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म ६ लाख ६७ हजार ८ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ६ हजार ७ सय १८ जनामा कोरोना संक्रमण देखिएको र १ सय ७६ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा ९ हजार ८ सय ५९ जनाको ज्यान गएको र संक्रमितमध्ये ४ लाख ३७ हजार ८ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा १९ हजार ८ सय १९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ४६ हजार ९ सय ८७ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १८ हजार ६ सय ५६ जनाको ज्यान गएको र ३ लाख ९२ हजार ८ सय ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ४ सय ३१ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४४ हजार १ सय ४१ पुगेको छ । बितेको २४ घण्टामा बेलायतमा ५ सय १९ जनामा कोरोना संक्रमण देखिएको र १ सय ३६ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८४ हजार २ सय ७६ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २ सय ७९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा बितेको २४ घण्टामा ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ६ सय २५ पुगेको छ । हालसम्म २८ हजार ३ सय ८५ जनाको कोरोनाको कारण ज्यान गएको भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र थप १७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ४५ पुगेको छ । हालसम्म २ लाख ९२ हजार ४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ८२ हजार ९७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने बितेको २४ घण्टामा पेरुमा कोरोना संक्रमणको असर देखिएको छैन् ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ८ सय ३३ पुगेको छ । बितेको २४ घण्टामा २ सय २३ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ४१ हजार १ सय ८४ पुगेको छ । हालसम्म १ लाख ९१ हजार ४ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये ७९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया