रसिया, स्पेन र इटालीमा कस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था ?

काठमाडौं । रसियामा हालसम्म ६ लाख ६७ हजार ८ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ६ हजार ७ सय १८ जनामा कोरोना संक्रमण देखिएको र १ सय ७६ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा ९ हजार ८ सय ५९ जनाको ज्यान गएको र संक्रमितमध्ये ४ लाख ३७ हजार ८ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै स्पेनमा बितेको २४ घण्टामा ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ६ सय २५ पुगेको छ । हालसम्म २८ हजार ३ सय ८५ जनाको कोरोनाको कारण ज्यान गएको भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र थप १७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ८ सय ३३ पुगेको छ । बितेको २४ घण्टामा २ सय २३ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ४१ हजार १ सय ८४ पुगेको छ । हालसम्म १ लाख ९१ हजार ४ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये ७९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख २६ हजार ३ सय ८२ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड १० लाख ८३ हजार ६ सय ७९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६२ लाख ८ हजार ६ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ९ सय ४० जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?