कोरोना अपडेट : अमेरिकामा २८ लाख ६० हजार नाघे संक्रमित, कति पुगे मृतक ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख २६ हजार ३ सय ८२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड १० लाख ८३ हजार ६ सय ७९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६२ लाख ८ हजार ६ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ९ सय ४० जनाको अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण ३ हजार १ सय ४० जनाको ज्यान गएको र १ लाख १० हजार ७ सय ६३ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ७ सय ७९ पुगेको छ ।

बितेको २४ घण्टामा २४ हजार ४ सय ६८ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ६० हजार १ सय ५२ पुगेको छ । हालसम्म ११ लाख ९६ हजार ८ सय ९४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ९ सय ७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?