‘समृद्धिको यात्रामा रेडियोको भूमिका महत्वपूर्ण’

दमक । प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्कत कार्कीले मुलुक परिवर्तनसँगै देशको समृद्धिको यात्रामा अब पनि एफएम रेडियोको भूमिका महत्वपूर्ण हुनुपर्ने औँल्याएका छन्।

झापाको दमकबाट आजदेखि सञ्चालनमा आएको रेडियो किङको उद्घाटन गर्नुहुदै उनले समाजलाई सही सूचना दिन रेडियोकर्मीको जिम्मेवारी रहने बताउँदै त्यसले मात्र समाज निर्माणमा सहयोग पुग्नेमा जोड दिए । देशमा भएका सवैखाले राजनीतिक तथा सामाजिक परिवर्तनमा सञ्चारमाध्यमको भूमिका रहेको चर्चा गर्नुहुँदै उनले अझै पनि सञ्चारकर्मीको सकारात्मक भूमिका हुनुपर्ने उल्लेख गरे ।

उद्घाटन कार्यक्रममा संविधानसभाका सदस्य दीपक कार्की, दमक नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकुल श्रेष्ठलगायतले समाज निर्माणमा एफएम रेडियोको जिम्मेवार भूमिका हुनुपर्ने जोड दिए । एक हजार वाट क्षमताको रेडियो किङ सञ्चालनमा आएको रेडियोका अध्यक्ष डाक्टर नवीन चापागाईले सञ्चारको क्षेत्रको थप विकासका लागि दमकबाट नयाँ सोचका साथ एफएम रेडियो शुरु गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?