बिहीवार अमेरिकामा कोरोना संक्रमितको नयाँ रेकर्ड

काठमाडौं । बिहीवार अमेरिकामा नयाँ संक्रमितको संख्याले नयाँ कीर्तिमान बनाएको छ ।

बिहीबार एकैदिन ५५ हजारभन्दा धेरैमा संक्रमण देखिएको पुष्टि भएको समाचारमा जनाइएको छ ।

महामारी सुरु भएयता एकैदिन नयाँ संक्रमितको संख्या ५० हजार नाघेको यो पहिलो पटक हो ।

बिहीवार अलास्का, अर्कान्सास, क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, मोन्टाना, दक्षिण कारोलिना र टेनिस्सेसहित कम्तिमा ८ राज्यमा बिहीवार नयाँ संक्रमितको संख्या अहिलेसम्मकै सर्वाधिक देखिएको छ ।

अप्रिल २४ मा एकैदिन ३६ हजार ७ सय ३८ जना नयाँ संक्रमित देखिएयता अमेरिकामा दैनिक संक्रमितको संख्या यति धेरै पुगेको बिहीबार नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?