काठमाडौं – धनुषाको विदेह नगरपालिका- २ दुहबीमा बर्थिङ सेन्टर निर्माणको विषयलाई लिएर २ दिनदेखि उत्पन्न विवाद झडपमा परिणत भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर गरेको छ।
झडपमा २ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।शुक्रबार बिहानैदेखि सिमावर्ती दुहबी गोबराही तनावग्रस्त बनेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरी पुगेपछि दुहबी सिमा प्रहरी चौकीमा समेत स्थानीयले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ।
दुहबी र गोबराहीका स्थानीय एक अर्कामाथि आक्रमण गर्न थालेपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट थप टोली पठाइएको प्रहरीले जनाएको छ।
थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया