उत्तर कोरियाली तानाशाह किम जोङ उनले गरे यस्तो दाबी !

काठमाडौं । उत्तर कोरियाली तानाशाह किम जोङले उनले उत्तर कोरिया कोरोना भाइरस संक्रमण रोक्न सफल भएको दाबी गरेका छन् ।

उनले आफ्नो देशले चमत्कारीक रुपमा कोरोनाको महामारी रोक्न सफल भएको बताएका हुन् ।

पोलिट ब्युरोको बैठकमा नेता उनले उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोकेको र स्थितिलाई स्थिर बनाएको समेत दाबी गरेका छन् ।

चीनमा कोरोना भाइरसको संक्रमण देखिए लगत्तै उत्तर कोरियाले आफ्ना सबै सीमा नाकाहरु बन्द गरेको थियो भने बाहिरबाट आएका हजारौँ मानिसहरुलाई आइसोलेसनमा राखेको थियो ।

नेता किमले भने, अझै सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘छिमेकी मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या अझै बाँकी छ र बढ्ने क्रममा छ । त्यसकारण कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न आवश्यक सुरक्षाका उपायहरु अवलम्बन गर्नुपरेका छ्न् ।’

उत्तर कोरियामा मास्क लगाउन अनिवार्य गरिएको छ । उत्तर कोरियामा जनवरीदेखि बन्द गरिएका विद्यालयहरु खुला गरिएका छन् भने सार्वजनिक स्थानहरुमा जम्मा हुन भने रोक लगाइएको छ ।

उत्तर कोरियामा हालसम्म ९२२ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको दाबी गरिएको छ । तर, एनके न्यूजका प्रबन्ध सम्पादक ओलिभर हाथले उत्तर कोरियाको दाबी सही नभएको बताएका छन् ।

श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?