कोरोना कहर : अमेरिकामा बिहीवार आज सम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख २४ हजार ३९ जनाको मृत्यु भएको छ भने १ करोड ९ लाख ८४ हजार ७९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६१ लाख ४० हजार ७५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५८ हजार १३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म १ लाख ३१ हजार ४८५ जनाको मृत्यु भईसकेको छ भने २८ लाख ३७ हजार १८९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ११ लाख ९१ हजार ९१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १५ हजार ९०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३२ हजार १६६ जनाको मृत्यु भएको छ भने ४ लाख १९ हजार ६४० जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा अहिलेसम्म ६ हजार २६२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४७ हजार ७४३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १ लाख ७७ हजार ६५४ जनालाई संक्रमण भएको छ भने १५ हजार २१८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा बिहीवार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । त्यहाँ बिहीवार ५७ हजार २३६ जना संक्रमित भेटिएका हुन् भने ६८७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?