काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख २१ हजार ३ सय ८८ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ९ लाख १९ हजार ५ सय ४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६१ लाख ६ हजार ४ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५८ हजार ६६ जनाको अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण ३ हजार ३ सय ३० जनाको ज्यान गएको र १ लाख २४ हजार ३ सय ४२ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ९९ पुगेको छ । बितेको २४ घण्टामा २४ हजार ७ सय ७८ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ४ हजार ७ सय ३३ पुगेको छ । हालसम्म ११ लाख ७७ हजार ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ सय ९८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय १ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ६१ हजार ३ सय १४ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा २३ हजार ५ सय १५ जनामा कोरोना संक्रमण देखिएको र ६ सय १ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १४ लाख ७६ हजार ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ९ लाख १६ हजार १ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म ६ लाख ६१ हजार १ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ६ हजार ७ सय ६० जनामा कोरोना संक्रमण देखिएको र १ सय ४७ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा ९ हजार ६ सय ८३ जनाको ज्यान गएको र संक्रमितमध्ये ४ लाख २८ हजार ९ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा २१ हजार ३ सय ७१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख २६ हजार ५ सय ९१ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १८ हजार २ सय २६ जनाको ज्यान गएको र ३ लाख ७९ हजार ७ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ३ सय ७८ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ९ सय ६ पुगेको छ । बितेको बेलायतमा कोरोनाको कुनै असर देखिएको छैन् । हालसम्म बेलायतमा कोरोना संक्रमितको कुल संख्या ३ लाख १३ हजार ४ सय ८३ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २ सय ७९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा बितेको २४ घण्टामा ४ सय ४४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार १ सय ८३ पुगेको छ । हालसम्म २८ हजार ३ सय ६८ जनाको कोरोनाको कारण ज्यान गएको भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र थप ५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ६० पुगेको छ । हालसम्म २ लाख ८८ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ७८ हजार २ सय ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा पेरुमा कोरोना संक्रमणको असर देखिएको छैन् ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ८ सय १८ पुगेको छ । बितेको २४ घण्टामा २ सय १ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ६१ पुगेको छ । हालसम्म १ लाख ९१ हजार ८३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये ८२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया