कांग्रेस केन्द्रीय समिति बैठक १३ गते, आगामी रणनीतिबारे छलफल हुने

काठमाडौं, १० फागुन । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गतेका लागि बोलाइएको छ पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको सूचना जारी गरेका छन् बैठकमा समसामयिक राजनीतिक विषय र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ । गत मंसिरमा भएको प्रदेश र संसदीय निर्वाचनमा पार्टीले नराम्रो पराजय व्यहोरेपछि पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन माग उठ्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?