ओमनमा अलपत्र नेपालीलाई असार २६ गते स्वदेश ल्याइने

काठमाडौं । कोराना भाइरसको महामारीका कारण ओमनमा अलपत्र परेका नेपालीको उद्धार हुने भएको छ ।

असार २६ गतेको उडानबाट ओमनमा कोरोनाका कारण अलपत्र परेका नेपालीहरुको उद्धार हुने भएको हो ।

ओमानबाट हुने उद्धार उडान सलाम एयरले गर्ने भएको हो । स्वदेश फर्किनै पर्ने आवश्यक भएका नेपालीहरुले दूतावासमा टिपाएको विवरण अनुसार प्राथमिकताका आधारमा उनीहरुलाई स्वदेश ल्यान लागिएको हो ।

दूतावासमा नाम टिपाएका मध्ये प्राथमिकताका आधारमा तेस्रो उडानको एकतर्फी हवाइभाडा ११५ ओमानी रियल अर्थात करिव ३६ हजाररुपैयाँ रहेको र उनीहरूले आफ्नो साथमा २० के.जी. लगेज र ७ केजी ह्यान्ड ब्याग साथमा राख्न सक्ने बताइएको छ ।

त्यहाँबाट स्वदेश फर्कने सबैले कोरोनाको परीक्षण अनिवार्य रूपमा गर्नु पर्ने र यसपछिको चौथो उडानबारे पनि दूतावासले तयारी थालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?