स्थायी कमिटि बैठक स्थगित, दुबै अध्यक्ष आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका छन् ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक एक घण्टा ढिला गरी मध्यान्ह १२ बजे सुरु भएकोमा केहीबेरमै बैठक रोकेर दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका हुन् ।

दुई अध्यक्षबीच जारी विवादलाई कसरी हल गरेर अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?