तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाका ३२ सामुदायिक विद्यालय गाभिएका छन् । उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका र दुई विद्यालयबीच आधा घण्टाको दूरी भएका विद्यालय गाभिएको हो ।
गत आर्थिक वर्ष २०७५/०७६ मा १३ र चालु आवमा १९ विद्यालय गाभिएको उनको भनाइ छ ।
अहिले सामुदायिक विद्यालयमा विद्यार्थी कम हुनाका साथै आवश्यकतानुसार शिक्षककर्मचारी नहुने भएकाले गाभिएपछि त्यो समस्या हट्ने उनले बताए ।
सामुदायिक विद्यालय गाभिएपछि विद्यार्थी बढ्ने तथा शिक्षक व्यवस्थापन र पूर्वाधार विकासमा सहज हुने जनाइएको छ ।
विद्यालय गाभिएपछि जुन विद्यालयमा गाभिएको हो सोही विद्यालयलाई सङ्घीय सरकारले २५ लाख रुपैयाँ अनुदान समेत उपलब्ध गराउने छ ।
उक्त अनुदानबाट यातायातको समस्या भएका क्षेत्रका विद्यार्थीका लागि आवश्यक गाडीको व्यवस्थापन गर्न सकिने, पूर्वाधार विकासमा सहज हुने र विद्यार्थीमैत्री शिक्षा दिन सहज हुने उनको भनाइ छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया