कोरोनाको प्रकोप : भारतमा बुधवार थपिए एकैपटक यति धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ५ लाख १८ हजार ९२१ जनाको मृत्यु भईसकेको छ भने १ करोड ८ लाख २ हजार ८४९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५९ लाख ३८ हजार ९५४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ९५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १७ हजार ८४८ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ५ हजार २२० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ लाख ५९ हजार ८९६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा बुधवार १९ हजार ४२८ जना संक्रमित थपिएका छन् भने ४३८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?