काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख १६ हजार ३ सय ८५ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ६ लाख ८९ हजार ६ सय ५४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५८ लाख ५६ हजार ४ सय ६४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ७ सय ९५ जनाको अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण ३ हजार १ सय ९९ जनाको ज्यान गएको र १ लाख ११ हजार ८ सय ९८ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार ३ सय ९० पुगेको छ । बितेको २४ घण्टामा २३ हजार २ सय ६६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २७ लाख ५१ हजार १ सय १९ पुगेको छ । हालसम्म ११ लाख ४६ हजार ७ सय ८५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ सय १ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ६८ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ६० हजार १ सय ९४ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १८ हजार ४ सय २८ जनामा कोरोना संक्रमण देखिएको र ५ सय ३८ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १४ लाख २६ हजार ९ सय १३ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ७ लाख ९० हजार ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म ६ लाख ५४ हजार ४ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ६ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण देखिएको र २ सय १६ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा ९ हजार ५ सय ३६ जनाको ज्यान गएको र संक्रमितमध्ये ४ लाख २२ हजार ९ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा १९ हजार १६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ४ हजार ८ सय ८ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १७ हजार ८ सय ४८ जनाको ज्यान गएको र ३ लाख ५९ हजार ८ सय ९१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ४ सय ३८ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ९ सय ६ पुगेको छ । बितेको २४ घण्टामा ८ सय २९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख १३ हजार ४ सय ८३ पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ७६ जनाले ज्यान गुमाएको र संक्रमितमध्ये २ सय ३८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् । हालसम्म स्पेनमा कुल संक्रमितको संख्या २ लाख ९६ हजार ३ सय ५१ पुगेको छ । हालसम्म २८ हजार ३ सय ५५ जनाको कोरोनाको कारण ज्यान गएको भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय ७७ पुगेको छ । हालसम्म २ लाख ८५ हजार २ सय १३ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ७४ हजार ५ सय ३५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा पेरुमा कोरोना संक्रमणको असर देखिएको छैन् ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ७ सय ८८ पुगेको छ । बितेको २४ घण्टामा १ सय ८२ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ४० हजार ७ सय ६० पुगेको छ । हालसम्म १ लाख ९० हजार ७ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये ८७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया