काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख १६ हजार ३ सय ५ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ६ लाख ८९ हजार ६ सय २७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५ लाख ५६ हजार ४ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ७ सय ९५ जनाको अवस्था गम्भीर रहेको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार ३ सय ९० पुगेको छ । बितेको २४ घण्टामा २३ हजार २ सय ६६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २७ लाख ५१ हजार १ सय १९ पुगेको छ ।
हालसम्म ११ लाख ४६ हजार ७ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ सय १ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ६ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया