फागुन २० गते सांसदको शपथ, २१ गते पहिलो बैठक

काठमाडौं, १० फागुन । संसदीय निर्वाचन भएको ३ महिनापछि संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदको शपथको तयारी गरेको छ आगामी फागुन २० गते संघीय संसदका सदस्यको शपथ गराएपछि फागुन २१ गते पहिलो बैठक बस्ने भएको छ राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसद्को बैठक आह्वान गरिसकेकी छन् प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सपथ एकै दिन फरक फरक समयमा हुने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ सदस्य छन् कानुनअनुसार दुइटै सभाको सुरुको अध्यक्षता सम्बन्धित सभाका ज्येष्ठ सदस्यले गर्नेछन् । सांसदलाई शपथ गराउनुअघि दुवै ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?