विवाहको भोलिपल्टै बेहुलाको मृत्यु, १ सयभन्दा धेरै पाहुनामा कोरोना भेटिएपछि…

काठमाडौं । बिहारमा विवाह गरेको भोलिपल्टै बेहुलाको मृत्यु भएको छ भने विवाहमा सहभागी १ सयभन्दा धेरै पाहुनामा कोभिड–१९ संक्रमण भेटिएको पुष्टि भएको छ । १५ जुनमा विवाह गरेका बेहुलाको भोलिपल्टै मृत्यु भएको थियो ।

बिहारको राजधानी पटनास्थित पालीगन्जका व्यक्तिको विवाहमा ३ सय ५० भन्दा धेरै जना पाहुना सहभागी भएका थिए । गुडगाउँमा इन्जिनियरको काम गर्दै आएका यी बेहुला विवाहकै दिन बिरामी थिए र अवस्था निकै खराब थियो । कोभिड–१९ को लक्षण झाडापखालाका कारण पटना अस्पतालमा उनको उपचार पनि भएको थियो । तर, उनको परिवारले उनलाई औषधि खान लगाएर परम्पराअनुसार नै विवाह गर्न बाध्य पा¥यो ।

जब पटनाका डिस्ट्रिक मेजिस्ट्रेट श्री कुमार रविलाई एक अज्ञात व्यक्तिले फोनमार्फत घटनाको विवरण सुनाए त्यसपछि प्रशासनले यसबारे छानविन थाल्यो । बेहुलाको मृत्युपछि उनको परिवारले अन्तिम संस्कार समेत गरिसकेकाले यी व्यक्तिको परीक्षण भने हुन पाएन ।

लगत्तै उनका आफन्तहरुमा पनि कोभीड–१९ सँग सम्बन्धित लक्षण देखियो । परीक्षणपछि उनीहरुको स्याम्पल पोजेटिभ आयो

जब संक्रमितको संख्या १५ पुग्यो, त्यसपछि विवाह र बेहुलाको मलामी गएका झन्डै ४ सय व्यक्तिको पहिचान गरेर त्यसमध्ये सम्भावित व्यक्तिलाई आइशोलेट गर्नका लागि २४ जुनदेखि २६ जुनसम्म विशेष परीक्षण शिविर नै आयोजना गरियो । त्यसमध्ये ८६ जनाको नतिजा पोजेटिभ आयो । उनीहरु सबैलाई अहिले आइशोलेसनमा राखिएको छ । कडाई उल्लंघनबारे थप छानविन गर्न डिस्ट्रिक मेजेस्ट्रेटले आदेश दिएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबारमात्रै कोभीड–१९ विरुद्ध कडाईका साथ फेस मास्कको प्रयोग र सामाजिक दूरीजस्ता सावधानी अपनाउन आग्रह गरेका थिए । देशका सबै क्षेत्रमा लागु हुनेगरी सरकारले जारी गरेको निर्देशनअनुसार विवाहमा ५० भन्दा बढी पाहुना सहभागी हुन पाउँदैनन्, त्यस्तै मलामी जानेको संख्या अधिकतम २० तोकिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?