मुटु परीक्षणका लागि प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं । नियमित मुटु परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

बुधवार दिउँसो उनी नियमित मुटु परीक्षणका लागि बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र पुगेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

गत वर्षको फागुनमा प्रधानमन्त्री ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए ।

थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?