नुवाकोट । नुवाकोटका थप १ जना कोरोना निको भइ फर्किएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक पुरुष कोरोना निको भइ घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
नेपालमा आज थप १ हजार ४ सय ६२ जनाले कोरोना जितेर घर फर्किएसँगै कोरोना उपचारपछि निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ ।
नेपालमा आज (बुधवार) एकैपटक ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले नेपालमा बितेको २४ घण्टामा ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया