काठमाडौं । नेपालमा कोरोनाको कारण थप १ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
मृत्यु हुनेमा अछामका ४५ वर्षीय पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
मृत्यु भएका ती पुरुष अछाम जिल्ला रामरोसन गाउँपालिका वडा नं ५का स्थानीय हुन् ।
उनको असार १४ गते उपचारको क्रममा वयलपाटा अस्पतालमा मृत्यु भएको हो । घरमा रहेका उनलाई एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि असार १३ गते अस्पताल लगिएको थियो । उनमा मधुमेहको समस्या रहेको थियो । उनको मृत्यु पश्चात स्वाब संकलन गरी परीक्षण गर्दा असार १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनलाई अस्पतालमा कुर्न बसेका अन्य २ जनाको समेत कोरोना परीक्षण गरिएकोमा उनीहरुको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।
नेपालमा आज (बुधवार) एकैपटक ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा अहिलेसम्म ४ हजार ६५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १ हजार ६२ रहेको छ ।
नेपालमा हिजो (मंगलवार) एकैपटक ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया