गण्डकी प्रदेशमा थपिए १२ नयाँ कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा १२ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै प्रदेशमा संक्रमितको कुल संख्या १ हजार ६ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा ३ पुरुष, लमजुङमा ७ र लमजुङमा कार्यरत बाहिरी जिल्लाका ३ जना संक्रमित थपिएका हुन् ।

यस्तै नवलपुरमा पनि एक नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?