जातीयता विरुद्धको ट्वीट शेयर गरेपछि फसे डोनाल्ड ट्रम्प, फेरी भयो यस्तो !

काठमाडौं । अमेरिकामा अहिलेसम्म पनि नश्लिय विभेद विरुद्धको प्रदर्शन र आन्दोलन रोकिएको छैन । अश्वेत नागरिक जर्ज फ्लोयडलाई अमेरिकी पुलिसका एक अधिकारीले घुँडाले थिचेर मारेपछि चर्किएको आन्दोलन अझै साम्य बनिसकेको छैन ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्वेताधिकारहरूको सार्वभौमिकताको महिमा गर्ने एउटा ट्वीट शेयर गर्नु नै उनका लागि घातक बन्न पुगेको छ ।

यतिबेला आफ्नै पार्टीमा पनि ट्रम्पको यस ट्वीटको विरोध शुरु भएपछि उनको आलोचना चारैतिर हुन थालेको छ ।

त्यति मात्रै होइन, उक्त ट्वीटका कारण उनले उक्त ट्वीट तत्काल हटाउनु परेको थियो । उक्त ट्वीटको बारेमा ह्वाइट हाउसले समेत स्पष्टिकरण दिनुपरेको छ ।

के थियो भिडियोमा ?

ट्वीटमा शेयर गरिएको उक्त भिडियो फ्लोरिडाको भिलेजेज समुदायस्थित गाउँको एक बस्तीमा शूट गरिएको थियो।

यस भिडियोमा एक श्वेत वृद्ध व्यक्ति गोल्फ कार्ट देखाउने र ट्रम्पको पक्षमा झण्डा लहराउँदै ट्रम्पका समर्थकहरू र विपक्षीहरू बीचमा झण्डा लहराएको देखिएको थियो । ट्रम्पले उक्त भिडियो शेयर गर्नुका साथै ‘धन्यवाद भिलेजेज’ लेखेका थिए ।

अमेरिकामा श्वेत वर्चस्वसँग सम्बन्धित सेतो शक्तिको नारालाई जातीवादी मानिन्छ। यस भिडियो क्लिपमा, एक वृद्धले ट्रम्पको पक्ष लिँदै उक्त नारा लगाएका थिए । जातीवादको कारण यो भिडियोको आलोचना भए पछि ट्रम्पले शेयर गरेको केहि समय पछि नै उक्त भिडियो हटाउनु परेको थियो । अमेरिकन रिपब्लिकन पार्टीका एक्ला अश्वेत सिनेटर टिम स्कटले यस घटनाको प्रतिक्रिया मिडियालाई दिँदै ट्रम्पले यो भिडियो शेयर गर्न नहुने बताएका छन् ।

ह्वाइट हाउसले दियो स्पष्टीकरण

टिम स्कटको उक्त प्रतिक्रिया लगत्तै, ट्रम्पले आफ्नो अकाउण्टबाट ट्वीट हटाएका थिए । त्यसपछि, ह्वाइट हाउसका प्रवक्ता जुड डीरेले राष्ट्रपति ट्रम्प गाउँ र गाउँलेहरूको ठूलो प्रशंसक रहेको बताएका छन् ।

उनले भने, ‘राष्ट्रपतिले भिडियोमा रहेको कुरा नसुनि कनै भिडियो शेयर गर्नुभएको हो, राष्ट्रपतिले आफ्ना समर्थकहरूको यति ठूलो उत्साह देखेर शेयर गर्नुभएको हो, यसलाई अन्यथा नलिनुहोला ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?