काठमाडौं । कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।
चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमणले अहिलेसम्म विश्वमा ५ लाख १३ हजार ९१३ जनाको मृत्यु भईसकेको छ भने १ करोड ५ लाख ८५ हजार १५२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५७ लाख ९५ हजार ९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५७ हजार ७८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै विश्वमा अहिले ४२ लाख ७६ हजार २३० जना स्वास्थ्योपचार गराईरहेका छन् । पछिल्लो २४ घण्टामा विश्वमा ७२७ जनाको मृत्यु भईसकेको छ भने ७ हजार ३९६ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैबीच कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा अहिलेसम्म १ लाख ३० हजार १२२ जनाको मृत्यु भएको छ भने २७ लाख २७ हजार ८५३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ११ लाख ४३ हजार ३३४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ९३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा ३२ हजार १२९ जनाको मृत्यु भईसकेको छ भने ४ लाख १७ हजार ८३६ जनालाई संक्रमण भएको छ ।
क्यालिफोर्नियामा ६ हजार ८१ जनाको मृत्यु भएको छ भने २ लाख ३० हजार ८९१ जनालाई संक्रमण भएको छ ।
न्यूजर्सीमा १५ हजार १७७ जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ९५४ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा मंगलवार मात्रै ४६ हजार ४२ जना संक्रमित थपिएका छन् भने ७६४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया