कोरोना अपडेट : विश्वमा ५ लाख १३ हजार भन्दा बढीको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमणले अहिलेसम्म विश्वमा ५ लाख १३ हजार ९१३ जनाको मृत्यु भईसकेको छ भने १ करोड ५ लाख ८५ हजार १५२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५७ लाख ९५ हजार ९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५७ हजार ७८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै विश्वमा अहिले ४२ लाख ७६ हजार २३० जना स्वास्थ्योपचार गराईरहेका छन् ।

पछिल्लो २४ घण्टामा विश्वमा ७२७ जनाको मृत्यु भईसकेको छ भने ७ हजार ३९६ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?