काठमाडौं । कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।
चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमणले अहिलेसम्म विश्वमा ५ लाख १३ हजार ९१३ जनाको मृत्यु भईसकेको छ भने १ करोड ५ लाख ८५ हजार १५२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५७ लाख ९५ हजार ९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५७ हजार ७८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म् १७ हजार ४१० जनाको मृत्यु भईसकेको छ भने ५ लाख ८५ हजार ७९२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ४७ हजार ८३६जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा मंगलवार १८ हजार २५६ जना संक्रमित थपिएका छन् भने ५०६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया