काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख १० हजार ७ सय ३९ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ५ लाख ८ सय जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५७ लाख २७ हजार २ सय ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ७ सय १४ जनाको अवस्था गम्भीर रहेको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार ७५ पुगेको छ । बितेको २४ घण्टामा १७ हजार ५ सय ६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २६ लाख २९ हजार ३ सय १७ पुगेको छ । हालसम्म ११ लाख २४ हजार १ सय ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ सय ६४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ९२ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ५८ हजार ९ सय २७ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १३ हजार १ सय ९० जनामा कोरोना संक्रमण देखिएको र ५ सय ४२ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १३ लाख ८३ हजार ६ सय ७८ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ७ लाख ५७ हजार ४ सय ६२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म ६ लाख ४७ हजार ८ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ६ हजार ६ सय ९३ जनामा कोरोना संक्रमण देखिएको र १ सय ५४ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा ९ हजार ३ सय २० जनाको ज्यान गएको र संक्रमितमध्ये ४ लाख १२ हजार ६ सय ५० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा १४ हजार ६ सय ११ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ८२ हजार १ सय ४७ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १७ हजार ३ सय २२ जनाको ज्यान गएको र ३ लाख ४५ हजार ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ४ सय १८ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ७ सय ३० पुगेको छ । बितेको २४ घण्टामा ६ सय ८९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख १२ हजार ६ सय ५४ पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ५५ जनाले ज्यान गुमाएको र संक्रमितमध्ये २ सय ७६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा बितेको २४ घण्टामा ३ सय १ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९६ हजार ३ सय ५१ पुगेको छ । हालसम्म २८ हजार ३ सय ५५ जनाको कोरोनाको कारण ज्यान गएको र बितेको २४ घण्टामा मात्र ९ जना मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय ४ पुगेको छ । हालसम्म २ लाख ८२ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ७१ हजार १ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा पेरुमा कोरोना संक्रमणको असर देखिएको छैन् ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ७ सय ६७ पुगेको छ । बितेको २४ घण्टामा १ सय ४२ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ४० हजार ५ सय ७८ पुगेको छ । हालसम्म १ लाख ९० हजार २ सय ४८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये ९३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया