काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख १० हजार ६ सय २१ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ४ लाख ९७ हजार २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५७ लाख २४ हजार १३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ७ सय १४ जनाको अवस्था गम्भीर रहेको छ ।
छिमेकी देश भारतमा बितेको २४ घण्टामा १४ हजार ६ सय ११ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख २ हजार १ सय ४७ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १७ हजार ३ सय २२ जनाको ज्यान गएको र ३ लाख ४५ हजार ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ४ सय १ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया