काठमाडौं । स्पेनमा बितेको २४ घण्टामा ३ सय १ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९६ हजार ३ सय ५१ पुगेको छ । हालसम्म २८ हजार ३ सय ५५ जनाको कोरोनाको कारण ज्यान गएको र बितेको २४ घण्टामा मात्र ९ जना मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ७ सय ६७ पुगेको छ । बितेको २४ घण्टामा १ सय ४२ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ४० हजार ५ सय ७८ पुगेको छ । हालसम्म १ लाख ९० हजार २ सय ४८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये ९३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ७ सय ३० पुगेको छ । बितेको २४ घण्टामा ६ सय ८९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख १२ हजार ६ सय ५४ पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ५५ जनाले ज्यान गुमाएको र संक्रमितमध्ये २ सय ७६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख १० हजार ६ सय २१ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ४ लाख ९७ हजार २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५७ लाख २४ हजार १३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ७ सय १४ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया