काठमाडौं । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना परीक्षण ल्याब आजदेखी शुरु भएको छ ।
एक कार्यक्रमका बिच प्रदेश ५का सामाजिक बिकास मन्त्री शुर्दशन बरालले उदघाटन गर्दै प्रदेशमा थपिएको ल्यावले छिटै ल्याउन सहयोग गर्ने बताए । उनले अन्य ठाउँमा पनि ल्याव विस्तार गर्ने योजना प्रदेश सरकार रहेको बताए ।
प्रदेश ५का यस अधि भैरहवा , दाग र नेपालगञ्जमा पिसीआर मेशिन राखी परिक्षण गरिएको थियो । मन्त्री बरालले प्रदेशमा कोरोना परीक्षणमा ढिलाई भएको बेला अस्पतालमा यो ल्याब शुरु भएपछि केहि सहज हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया