ईयुले हटायो १४ देशका नागरिकमाथिको भ्रमण प्रतिबन्ध

काठमाडौं । ईयुले विभिन्न १४ वटा देशका नागरिकमाथिको भ्रमण प्रतिबन्ध हटाएको छ ।  १ जुलाईदेखि लागु हुनेगरी अल्जेरिया, अस्ट्रेलिया, क्यानेडा, जर्जिया, जापान, मोन्टेनेग्रो, मोरक्को, न्युजिल्यान्ड, रुवान्डा, सर्बिया, दक्षिण कोरिया, थाइल्यान्ड, ट्युनिसिया र उरुग्वेका नागरिकले युरोपेली युनियनअन्तर्गतका देशमा भ्रमण गर्न पाउनेछन् । यी देशहरुलाई कोरोनाबाट सुरक्षित देश मान्दै भ्रमणमा छुट दिइएको हो ।

त्यस्तै, बेलायती नागरिकहरुमाथि ब्रेक्जिट संक्रमणकालको अन्त्य नभएसम्म अर्थात् ३१ डिसेम्बरसम्मको अवधिमा अन्य युरोपेली सरहकै व्यवहार गरिने पनि युरोपेली युनियन (ईयु) कमिसनले जनाएको छ ।

एक कुटनीतिज्ञका अनुसार चीन सरकारले युरोपेली देशका नागरिकमाथिको भ्रमण प्रतिबन्ध हटाएमा चिनियाँहरुमाथिको प्रतिबन्ध पनि हट्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?