काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शितल निवासमा भेटर्वार्ता भएको छ ।
आज (मंगलबार) विहान साढे १० बजे प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । सतारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक जारी छ । आज बैठकअघि उनी शितलनिवास गएका हुन् ।
पार्टीभित्रको अन्तरद्वन्द्व उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यद्यपी उनीहरुबीच के कुरा भयो भन्ने विषय बाहिर आएको छैन ।
प्रधानमन्त्री ओली सोमबार जननेता मदन भण्डारी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा आफूले भारतले मिचेको जमिन समेटेर नक्सा जारी गरेपछि भारतले आफूलाई हटाउन चलखेल गरेको भन्दै आक्रोश व्यक्त गरेपछि उनको चौतर्फी आलोचना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया