सुर्खेत, ८ फागुन – विसं २०४६ मा तत्कालीन मसालको विद्यार्थी संगठनको सदस्यता लिँदा उहाँ राप्ती ज्ञानोदय मावि रुकुममा कक्षा ६ मा अध्ययनरत थिइन् विद्यार्थी संगठनको सदस्य हुँदा राजनीतिबारे खासै थाहा थिएन, उनलाई । पछि संगठनका अग्रजले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको यथार्थता प्रष्ट्याउँदै जाँदा त्यसप्रति उनको चासो बढ्यो । यद्यपि त्यतिबेला भने नेपालमा सशस्त्र युद्धको थालनी भइसकेको थिएन किशोर अवस्थादेखि राजनीतिक यात्रा शुरु थालेकी बिमला केसी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ सिम्ली निवासी हुन् । सानै उमेरमा बुबाको मृत्यु भएकाले केसीलाई विद्यालय शिक्षा हाँसिल गर्न निकै समस्या भयो । बुबाको मृत्युपछि आमाले भोगेको पीडा, व्याप्त गरिबी र महिला हिंसाले उनलाई संघर्षमा उत्रन उत्प्रेरित गरायो विद्यार्थी राजनीतिबाट अघि बढेकी केसीपछि २०५२ सालमा तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा सरिक भइन् । पूर्णकालीन सदस्य बनेर माओवादी राजनीतिको यात्राका दौडानमा उनी रुकुम जिल्लाको पहिलो महिला, विद्यार्थी तथा कलाकार संगठनको एकै पटक प्रमुख बनिन् त्यसपछि माओवादी सुरक्षा दलको सदस्य हुँदै २०५६ सालमा उनले रुकुमको छिवाङ गाउँ जनसरकार प्रमुखको भूमिका निर्वाह गरिन् सुरक्षा दलको सदस्य हुँदाका बखत महिला छापामार भएर कैयन युद्ध मोर्चामा लड्दा भोग्नु परेका सास्तीको केसी अहिले पनि तीतो स्मरण गर्छिन् विसं २०५८ सालमा पार्टीको क्षेत्रीय ब्यूरो तथा महिला संगठनको केन्द्रीय सदस्य बनेकी केसी २०५९ सालमा भूमिगत अवस्थामै तत्कालीन मगरात स्वायत्त प्रदेशको समाज कल्याण मन्त्री पनि बनेकी थिइन् । त्यसैगरी, २०६४ सालमा रुकुमबाट उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् समानुपातिकबाट प्रदेशसभामा निर्वाचित केसी प्रदेश नं ६ को पहिलो भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेकी छिन् । महिलाहरुले संघर्ष गर्न सक्दैनन् भन्ने भनाइलाई गलत सावित गर्दै अहिले यो हैसियतमा पुग्दा निकै गर्व लागेको मन्त्री केसी बताउँछिन् । “यो देशको महिलासहित उत्पीडित वर्गको जननी सशस्त्र युद्ध नै हो, जहाँ थुप्रैपटक हामीले छापामार युद्ध लडेका थियौँ,”– उनले भनिन् त्यही छापामार युद्धले आफूलाई यस ठाउँमा पुर्याएको उनको भनाइ थियो । प्रदेश सरकारको प्रवक्तासमेत रहेकी सहकारी मन्त्री केसी हाल नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया