काठमाडौं । अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाउन नासाका लागि कुनै ठूलो र नौलो काम होइन । तर त्यहाँ गईसकेपछि कहि समस्याहरु झेल्नुपर्दछ ।
यिनै समस्या मध्येको सबैभन्दा ठूलो समस्या भनेको बाथरुम सम्बन्धि समस्या रहेको छ ।
सन् १९७५ मा जब अपोलो मिशन नष्ट भयो तब इञ्जिनियरले मलमुत्र विसर्जन अन्तरिक्ष यात्रीका लागि एक गम्भीर चुनौति रहेको बताएका छन् ।
नासाले केहि उपकरण बनाए पनि राम्रो हुन सकेको छैन । अब नासाले यस समस्या हल गर्नको लागि आम मानिससँग सहयोग मागिरहेको छ ।
यसको लागि उनीहरुले लुनर च्इालेन्जको नामबाट खुल्ला प्रतियोगिता राखेका छन् । जसले च्यालेन्ज पुरा गर्दछ उसले ४२ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
च्यालेन्ज अन्तरिक्ष र चन्द्रमामा जाने एस्ट्रोनोट्सका लागि ट्वाईलेट डिजाइन गर्नुपर्नेछ । जसको राम्रो साबित हुनेछ उसले यो पुरस्कार पाउनेछ ।
नासा आफ्नो एस्ट्रोनोट्सका लागि माइक्रोग्र्याभिटी र चन्द्रमा जस्ता ठाउँमा कम गुरुत्वकर्षणवाला ठाउँमा काम गर्ने ट्वाईलेटको डिजाइन बनोस् भन्ने चाहान्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया