ब्राजिलमा कोरोनाबाट ५८ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ५ लाख ८ हजार ७७ जनाको मृत्यु भईसकेको छ भने १ करोड ४ लाख ७ हजार ८५५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५६ लाख ६४ हजार ३५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ हजार ५३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा अहिले ४२ लाख ३५ हजार ४२३ जना स्वास्थ्योपचार गराईरहेका छन् भने पछिल्लो २४ घण्टामा ५४९ जनाको मृत्यु भईसकेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ९४९ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५८ हजार ३८५ जनाको मृत्यु भईसकेको छ भने १३ लाख ७० हजार ४८८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७ लाख ५७ हजार ४६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यहाँ सोमवार २५ हजार २३४ जना संक्रमित थपिएका छन् भने७२७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?